१० भदौ २०८३, बुधबार | August 26, 2026

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने कार्यक्रममा प्रधानमन्त्री बालेनले विभिन्न देशका कूटनीतिक प्रतिनिधिसँग संयुक्त संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्ताका क्रममा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा सहकार्यका विविध विषयमा छलफल हुनेछ ।

उनका अनुसार नेपाल र युरोपेली मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउने, विकास सहकार्य विस्तार गर्ने तथा साझा चासोका विषयमा संवाद केन्द्रित हुने कार्यक्रम रहेको छ ।

यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री बालेनले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए ।

प्रधानमन्त्री बालेनले हालसम्म भने कुनै पनि देशका राजदूतसँग छुट्टाछुट्टै औपचारिक भेटवार्ता नगरेको जनाइएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ७ : २१ बजे

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत

टप एण्ड टी-२० सिरिज : नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’