३० भदौ २०८३, मंगलबार | September 15, 2026

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा



काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले “धार्मिक विजय यात्रा नेपाल–२०२६” अन्तर्गत सोमबार भालेश्वर महादेव मन्दिरमा दर्शन तथा विशेष पूजा–अर्चना गरेका छन्।

उनीसहितको भ्रमण टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल, संस्थापक सदस्यहरू तथा सञ्चालक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा जगद्गुरु शंकराचार्यले चन्द्रागिरि क्षेत्रलाई धार्मिक तथा पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा प्रशंसा गर्दै भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति भएको बताए ।

उनले यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक वातावरण र शान्त परिवेशले सबैलाई आकर्षित गर्ने उल्लेख गरे। साथै, हरियालीले ढाकिएका डाँडाकाँडा, शीतल मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्यले भ्रमणलाई अझ स्मरणीय बनाएको प्रतिक्रिया दिए ।

भ्रमण टोलीले चन्द्रागिरि हिल्सको केबलकार यात्रालाई समेत विशेष अनुभवका रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  १२ : ०२ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको