१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा



काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले “धार्मिक विजय यात्रा नेपाल–२०२६” अन्तर्गत सोमबार भालेश्वर महादेव मन्दिरमा दर्शन तथा विशेष पूजा–अर्चना गरेका छन्।

उनीसहितको भ्रमण टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल, संस्थापक सदस्यहरू तथा सञ्चालक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा जगद्गुरु शंकराचार्यले चन्द्रागिरि क्षेत्रलाई धार्मिक तथा पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा प्रशंसा गर्दै भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति भएको बताए ।

उनले यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक वातावरण र शान्त परिवेशले सबैलाई आकर्षित गर्ने उल्लेख गरे। साथै, हरियालीले ढाकिएका डाँडाकाँडा, शीतल मौसम तथा काठमाडौं उपत्यकाको मनोरम दृश्यले भ्रमणलाई अझ स्मरणीय बनाएको प्रतिक्रिया दिए ।

भ्रमण टोलीले चन्द्रागिरि हिल्सको केबलकार यात्रालाई समेत विशेष अनुभवका रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  १२ : ०२ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको