१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ



खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चुइचुम्मा-४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन् । गत भदौ ३० गते राति रेश्मिका मृतावस्था फेला परेकी थिइन् ।

घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाउन उच्च अदालत ओखलढुङ्गाको आदेशका आधारमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

यसअघि रेश्मिका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज १ गते पक्राउ गरेर जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

परिवारका सदस्यले थप तीन जनाको नाम उल्लेख गरेर गत चैत २१ गते उच्च अदालत ओखलढुङ्गामा किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा अदालतले चैत २८ गते घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ८ : ०७ बजे

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको

त्रिशूली-३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी : १ हजार २ सय ८० जनाको शव फेला, उपचाररत २ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक