५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ढोरपाटन-निसेलढोर सडक स्तरोन्नति


१४ जेष्ठ २०८३, बिहिबार  

117
Shares

ढोरपाटन । बागलुङ निसीखोला गाउँपालिका–५ निसेलढोर जोड्ने सडक कालोपत्र गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु ७२ लाख लगातमा ६ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्ष कार्यालयदेखि पश्चिममा रहेको निसेलढोर पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ ।

गण्डकी प्रदेश सरकारको रु ६० लाख र गाउँपालिकाको रु १२ लाखमा सडक स्तरोन्नति गरिएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँडा मगरले जानकारी दिए । बागलुङ जिल्लाकै सबैभन्दा विकट मानिने निसेलढोर छ वर्ष अगाडिमात्रै मोटरबाटोले जोडिएको थियो । यस वर्ष सडक फराकिलो, नाली निर्माण र केही ठाउँमा ग्राभेलिङको काम गरिएको उनले बताए।

आर्थिक वर्ष २०७६/७७ मा ढोरपाटनदेखि निसेलढोर जोडिएको थियो । ढोरपाटन नगरपालिका–९ को नवी, भुजी हुँदै मसखोलासम्म सडक राम्रो भए पनि त्यसभन्दामाथि सडक भासिने, हिलो हुने हुँदा गाडी नै गुड्न नसक्ने अवस्था थिएन । एमएस टीएएस इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सले गत कात्तिक १२ गते जिम्मा पाएकामा वैशाख अन्तिम साता काम सकेको बाँठा मगरले बताए ।

उनले भने, “सडक स्तरोन्नतिको काम जेठ अन्तिम साता सक्नुपर्ने म्याद थियो, तर निर्माण कम्पनीले वैशाखमै काम सक्यो, यहाँको सडक धेरै साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न कठिन थियो, अहिले सहज भएको छ, अब यो सडकमा बाह्रै महिना गाडी सञ्चालन हुन समस्या छैन ।”

सडक साँघुरो र अप्ठ्यारो हुँदा निसेलढोरमा बर्खाको करिब पाँच महिना सडक ठप्प हुँदै आएको थियो । सडक स्तरोन्नति भएपछि स्थानीय खुसी भएका छन् । स्थानीय सम्झाना रसाइलीले बर्खामा यातायता सञ्चालन नहुने हुँदा जेठमै पाँच महिनाका लागि खाद्यान्न ढुवानी गर्दै आएको भन्दै अब त्यो समस्या हट्ने आशा पलाएको बताए । अहिले गाउँसम्मकै सडक फराकिलो र व्यवस्थित बनेको उनको भनाइ छ ।

“गाउँमा आउने सडक निकै अप्ठ्यारो हुँदा यहाँका जनताले धेरै दुःख पाएका थियौँ, अब त बर्खामा पनि गाडी चल्ने भयो”, उनले भने, “सडक खुलेदेखि अहिलेसम्म बर्खायाममा गाडी चल्न सकेको थिएन, यसपालि त सरकारले बाटो राम्रो बनाउनुभयो, गाडी आउला भन्ने लागेको छ ।”

एक दशक अगाडिसम्म यहाँ बर्खाको समयमा मात्रै निसीबाट वस्तुभाउ लिएर बस्ने स्थानीय अहिले बाह्रै महिना निसेलढोरमा बस्न थालेका छन् । अहिले बर्खामा ३०० र हिउँदमा झन्डै १५० घरपरिवार निसेलढोरमा बसोबास गर्छन् ।

निसेलढोरमा आलु, स्याउ र सिमीलगायत कृषिजन्य उत्पादन राम्रो हुने तर सडकको दुरावस्थाका कारण बजारीकरणका लागि समस्या थियो । अब सहज हुने स्थानीय कुमबहादुर घर्तीले बताए। सडकको दुरावस्थाका कारण अहिलेसम्म स्थानीय उत्पादन बजारीकरण गर्न सकिएको छैन ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ७ : ५० बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले