१ कार्तिक २०८३, आइतबार | October 18, 2026

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता



म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा खसेर आज एक जना बालक वेपत्ता भएका छन् । म्याग्दीको बेनी देखि पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहानी कालिगण्डकीमा खसेर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका–१ दुबौलियाका प्रियान्सु बुवा दुर्गेश कुमार मल्लसँगै बेनी नगरपालिका–८ कालिपुलमा बस्दै आएका थिए । खेल्दै नदी किनार पुगेका बेला पानी भर्न जाने क्रममा नदीमा खसेर प्रियान्सु वेपत्ता भएको घटनाबारे बेलुका करिब ६ः२० बजे उनका दाजु नाता पर्ने १० वर्षीय रितिक साहनीले जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कालिपुलबाट प्रहरी सहायक निरीक्षक सुवास थापाको नेतृत्वमा प्रहरी टोली वेपत्ता प्रियान्सुको खोजीमा परिचालन भए पनि साँझसम्म भेटिएका छैनन् । म्याग्दीका साथै पर्वतस्थित कालीगण्डकी नदी किनारमा खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ९ : ४४ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौं । बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर

बुटवलबाट अटो रिक्सा चोरी गर्ने गिरोहका ५ जना पक्राउ

बुटवल । बुटवलबाट अटो रिक्सा चोरी गर्ने कार्यमा संलग्न गिरोहका

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

दाङ । दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको

आजदेखि तीन दिनका लागि खुल्दै तातोपानी नाका

काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा