१३ भदौ २०८३, शनिबार | August 29, 2026

गणतन्त्र दिवसको अवसरमा प्रहरी कार्यालय परिषरमा निःशुल्क स्वास्थ्य शिविर



खजुरा । गणतन्त्र दिवसको अवसर पारेर बाँकेको खजुरामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । इलाका प्रहरी कार्यालय, धनौली, खजुरा परिषरमा स्वास्थ्य शिविर संचालन गरिएको हो ।

नेपालगन्जस्थित लाइफलाईन जनरल हस्पिटलको सहकार्यमा इलाका प्रहरी कार्यालय धनौलीले संचालन गरेको शिविर तथा रक्तदानको खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मन्जु मल्ल र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले संयुक्तरुपमा उदघाटन गरे ।

निःशुल्क स्वास्थ्य शिविरबाट २९० भन्दा बढी बिरामीले सेवा लिएको आयोजकले जनाएको छ । प्रहरी कर्मचारी तथा स्थानीयवासीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा स्वास्थ्य परीक्षण, उपचार, निःशुल्क औषधी वितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविरमा करिब ९० जना आँखासम्बन्धी समस्या भएका बिरामीको आँखा परीक्षण गरिएको थियो भने ८५ भन्दा बढी बिरामीको निःशुल्क प्रयोगशाला परीक्षणसमेत गरिएको थियो ।

त्यस्तै शिविरसँगै प्रादेशिक रक्तसञ्चार केन्द्रको सहकार्यमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक जिसीले रक्तदान गरेर कार्यक्रमको प्रारम्भ गरिएको कार्यक्रममा २२ जनाले रक्तदान गरेको इलाका प्रहरी कार्यालय, धनौलीका प्रमसख प्रहरी निरीक्षक नविन चापागाईले जानकारी दिए ।

शिविरमा बाँकेका विभिन्न अस्पतालमा कार्यरत करिब १२ जना चिकित्सक, १४ जना नर्सिङकर्मी तथा ३ जना प्रयोगशालाकर्मीको सहभागिता रहेको थियो ।

भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. बिपिन आचार्यले मुटुरोगका बिरामीको परीक्षण गरेका थिए भने भेरी कै फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठले मिर्गौला रोगसम्बन्धी सेवा प्रदान गरेका थिए ।

त्यसैगरी दन्त चिकित्सक डा. प्रतिक श्रेष्ठ, फिजिसियन डा. क्रिस्टिन नामोक श्रेष्ठ, ईएनटी सर्जन डा. कपिल शाही, कन्सल्टेन्ट फिजिसियन डा. प्रकाश नाग, हाडजोर्नीरोग विशेषज्ञ डा. राहुल मिश्र, मेडिकल अफिसर संकल्प सिग्देल, मूत्ररोग विशेषज्ञ डा. प्रविन गुप्ता तथा फिजियोथेरापिस्ट बिहानी श्रेष्ठलगायतको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ९ : १४ बजे

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट