२१ भदौ २०८३, आइतबार | September 6, 2026

अछाममा जिप दुर्घटनामा घाइते दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर



धनगढी । अछाममा भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । अन्य तीन जना घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार दार्चुलाबाट जुम्लातर्फ जानेक्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित मध्यपहाडी लोकमार्गमा दुर्घटनाग्रस्त भएको थियो। जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ निवासी ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ निवासी २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाहको अवस्था गम्भीर रहेको छ। उनीहरूको सुर्खेतस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, स्याङ्जाको फेदीखोला नगरपालिका–४ निवासी अर्जुनकुमार पौडेल घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ८ : २२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त