१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय



काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौँमा राष्ट्रिय कार्यशाला तय गरेको छ ।

एमालेका केन्द्रीय कार्यालय, च्यासलसमा आज पार्टीका महासचिव शङ्कर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय सङ्गठन विभागको बैठकले उक्त निर्णय गरेको हो । कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश पदाधिकारी, प्रदेश कार्यालय सचिव, प्रदेश सङ्गठन विभाग प्रमुख, जिल्ला अध्यक्ष, जिल्ला सङ्गठन विभाग प्रमुख, जनसङ्गठनका केन्द्रीय इन्चार्ज तथा अध्यक्ष, साथै जनसङ्गठनका सङ्गठन हेर्ने सचिव तथा सङ्गठन प्रमुखहरूको सहभागिता रहने एमाले केन्द्रीय सङ्गठन विभागको आजको बैठकल तय गरेको एमाले सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए ।

सचिव ढकालका अनुसार एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ । सदस्यता नवीकरण, अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गर्न लागिएको उनले बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  १० : ४९ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू