१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

चितवनमा क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगीको आरोपमा चिकित्सक पक्राउ



चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुर महानगरपालिका-१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका छन् । धनुषाको हंशपुर नगरपालिका-४ का स्थायी बसोबासी डा यादवका बारेमा अनुसन्धान गर्दा उनी अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा निजको मोबाइल तथा अन्य विद्युतीय उपकरणका माध्यमबाट वाइनान्स र बाइविटजस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेलापरेको छ ।

भरतपुरको एक अस्पतालमा कार्यरत डाक्टर यादवले हालसम्म के-कति व्यक्तिबाट कति ठगी गरे भन्नेबारेमा स्रोत खुल्दै गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १२ : २२ बजे

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।

त्रिशूली-३ ‘ए’ सुरुङबाट थप आवाज सुनियो, उद्धार टोली भित्र प्रवेश गर्दै

काठमाडौं । रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको