२० भदौ २०८३, शनिबार | September 5, 2026

महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट दुई घाइते



जनकपुर । महोत्तरीमा डाँका चोरीमा संलग्न समूहले गोली प्रहार गर्दा दुई जना घाइते भएका छन् । महोत्तरीको सोनमा गाउँपालिका–३ खखनास्थित रामविश्वास यादवको घरमा मंगलबार राति डाँका चोरी भएको प्रहरीले जनाएको छ ।

घटनाका क्रममा डाँका समूहले गोली प्रहार गर्दा घरधनीका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेले जानकारी दिए ।

घाइते दुवैजनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रहरीका अनुसार घटनाबारे जानकारी बुधबार बिहान प्राप्त भएको हो । घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ७ : ४६ बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी