३ श्रावण २०८३, आइतबार | July 19, 2026

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र बंगलादेश भिड्दै



काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज हुने सेमिफाइनल खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘ए’ को विजेताका रूपमा अन्तिम चारमा पुगेको हो ।

भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई २-० गोल अन्तरले पराजित गरेको थियो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् भने कप्तान रेनुका नगरकोटीले ६० औँ मिनेटमा अर्को गोल थपेकी थिइन् ।

यसअघि पहिलो खेलमा नेपालले भुटानलाई १-० ले हराएको थियो । लगातार दुई जितसँगै ६ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको समूह ‘बी’ बाट बंगलादेश सेमिफाइनलमा पुगेको हो । आयोजक भारत, बंगलादेश र माल्दिभ्स रहेको उक्त समूहबाट शीर्ष दुई टोली अन्तिम चारमा पुगेका छन् ।

साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल पटक-पटक फाइनल पुगे पनि उपाधि जित्न भने सफल हुन सकेको छैन । यसपटक भने पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिएको छ ।

नेपाल र बंगलादेशबीचको सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण ‘डीजीओ’ एपमार्फत हेर्न सकिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ८ : २६ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब