३ श्रावण २०८३, आइतबार | July 19, 2026

साफ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश पहिलो हाफमा १-१ को बराबरी



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीच जारी सेमिफाइनल खेलको पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

भारतको गोवास्थित जवाहरलाल नेहरू रंगशालामा जारी खेलमा नेपालले २३औँ मिनेटमा अग्रता लिएको थियो । दीपा शाहीले लिएको कर्नरमा सिर्जना भएको अवसरलाई सदुपयोग गर्दै गीता रानाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी हुन् ।

तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले खेल बराबरीमा ल्यायो। रितु पोर्ना चक्माले प्रहार गरेको कर्नर सिधै गोलमा परिणत भएपछि बंगलादेशले १–१ को बराबरी कायम गरेको हो ।

खेलमा नेपालले थप गोल गर्ने केही उत्कृष्ट अवसर पनि सिर्जना गरेको थियो । ३४औँ मिनेटमा दीपाकै कर्नरमा रश्मीकुमारी घिसिङले गरेको हेडरलाई बंगलादेशकी गोलकिपर मिली अख्तरले नियन्त्रणमा लिएकी थिइन् ।

यस्तै ३६औँ मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमायो । प्रीति राईको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएपछि नेपाल गोल थप्नबाट वञ्चित भएको थियो ।

दुवै टोली फाइनल प्रवेशको लक्ष्यसहित मैदानमा उत्रिएका छन् । दोस्रो हाफमा खेलको नतिजा आफ्नो पक्षमा पार्न नेपालले आक्रामक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ५ : ४४ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब