२१ भदौ २०८३, आइतबार | September 6, 2026

अन्तिम समयमा गोल खाँदा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो



काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा अन्तिम समयमा गोल खाँदा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको छ । बुधबार भारतको गोवास्थित जवाहरलालनेहरू रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा अग्रता जोगाउन नसक्दा नेपाल उपाधि यात्राबाट बाहिरिएको हो ।

नेपालले खेलको २३ औँ मिनेटमा अग्रता लिएको थियो । दीपा शाहीको कर्नरबाट सिर्जना भएको अवसरमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशकी रितु पोर्ना चक्माले कर्नर प्रहारमार्फत सिधै गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन् ।

दोस्रो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । नेपालका लागि ३४औँ मिनेटमा रश्मीकुमारी घिसिङको हेडरलाई बंगलादेशकी गोलरक्षक मिली अख्तरले नियन्त्रणमा लिएकी थिइन् भने ३६ औँ मिनेटमा प्रीति राईको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

यस्तै, ६९ औँ मिनेटमा सरु लिम्बूको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिँदा नेपालले पुनः अग्रता लिने अवसर गुमायो । ७९औँ मिनेटमा कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाएकी थिइन् ।

तर खेलको इन्जुरी समयमा सागोरिकाले शामसुन्नाहरको क्रसलाई सदुपयोग गर्दै निर्णायक गोल गरेपछि बंगलादेशले २-१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।

यस हारसँगै साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल दोस्रो पटक फाइनल पुग्न असफल भएको छ । यसअघि सन् २०१६ मा पनि नेपाल फाइनलमा पुग्न सकेको थिएन ।

पछिल्ला दुई संस्करणको विजेता बंगलादेश भने लगातार तेस्रो तथा समग्रमा चौथोपटक फाइनलमा पुगेको छ । अब बंगलादेशले उपाधिका लागि भारत र भुटानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ६ : ३६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त