६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

चोरी भएका सवारीसाधन हस्तान्तरण



काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४० वटा स्कुटर र मोटरसाइकल सम्बन्धित मालिकलाई जिम्मा लगाएको छ ।

सवारी हस्ताणतरण कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जथाभावी स्थानमा सवारी पार्किङ नगर्न, आधुनिक सुरक्षा प्रणाली अपनाउन तथा ‘जीपीएस ट्र्याकिङ’ प्रणाली जडान गर्न सवारी धनीलाई आग्रह गरे ।

प्रहरी उपरीक्षक नरेशराज सुवेदीले चालु आर्थिक वर्ष वैशाखसम्ममा विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५९२ वटा स्कुटर र मोटरसाइकल फेला पारिएको जानकारी दिए ।

ट्राफिक प्रहरीले सवारी धनीलाई सुरक्षित पार्किङ प्रयोग गर्न, सवारीसाधनमा अतिरिक्त लक प्रयोग गर्न तथा जीपीएस जडान गरी सवारीको अवस्थाबारे नियमित निगरानी गर्न सुझाव दिएको छ ।

कार्यक्रममा सहभागी सवारी धनीहरूले लामो समयपछि आफ्ना हराएका सवारी साधन फेला पारिदिएकोमा ट्राफिक प्रहरीप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ९ : २९ बजे

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न