२१ भदौ २०८३, आइतबार | September 6, 2026

एसीसी महिला प्रिमियर कप : भुटानलाई हराउँदै नेपालको लगातार दोस्रो जित



काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । बुधबार कतारलाई पराजित गरेको नेपालले बिहीबार भुटानलाई ५१ रनले हराउँदै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

मलेसियामा भएको खेलमा नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो ।

भुटानका लागि देचेन वाङ्मोले सर्वाधिक ३९ रन बनाइन् भने चडो ओमले ११ रनको योगदान दिइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालको जितमा बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने रिया शर्माले २ विकेट हात पारिन् । कविता कुँवर र मनिषा उपाध्यायले समान एक-एक विकेट लिए ।

कविताले ४ ओभरमा मात्र ५ रन खर्चेर १ विकेट लिइन् भने मनिषाले ४ ओभरमा ७ रन दिएर १ विकेट झारिन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रन बनाइन् । रुबिना क्षेत्रीले २४, सोनी पाख्रिनले १३ तथा सम्झना कुमारीले १० रनको योगदान दिए ।

भुटानका सोनाम र छिरिङ जाङ्मोले समान ३-३ विकेट लिएर नेपाललाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । लगातार दोस्रो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  १० : ५६ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका