१५ भदौ २०८३, सोमबार | August 31, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौं । स्थानीय बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ निर्धारण गरेको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर ५ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँ मा खरिद-बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन् । बजारमा सुन र चाँदीको मूल्य दैनिक रूपमा अन्तर्राष्ट्रिय कारोबार र विनिमय दरका आधारमा निर्धारण हुने गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ११ : ०७ बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत