३० भदौ २०८३, मंगलबार | September 15, 2026

धवलशमशेर राणाद्वारा राप्रपा परित्याग, नयाँ पार्टी गठनको घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राणाले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डा, आन्तरिक लोकतन्त्र तथा संगठनात्मक सुदृढीकरणलाई बेवास्ता गरेको आरोप लगाउँदै नयाँ राजनीतिक यात्रामा अघि बढ्ने निर्णय गरेको बताएका हुन् ।

उनले आफूले गठन गर्न लागेको नयाँ दलको प्रमुख आधार ‘राजासहितको प्रजातन्त्र’ रहने स्पष्ट पारे। राणाले भने, “मैले पार्टी खोलेको होइन, एउटा घर छोडेर अझ बलियो राष्ट्रवादी घर निर्माण गर्न लागेको हुँ । त्यो घर राजासहितको प्रजातन्त्रको पक्षमा उभिनेछ ।”

राणाले राप्रपाको कार्यसम्पादन समिति तथा केन्द्रीय कार्यसमितिले जेठभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरे पनि नेतृत्वले त्यसप्रति कुनै चासो नदेखाएको आरोप लगाए । उनले पार्टीभित्र सुधारका लागि पटक-पटक आवाज उठाए पनि नेतृत्वबाट सकारात्मक प्रतिक्रिया नआएको बताए ।

“महाधिवेशन नगर्ने दिशामा पार्टी अघि बढ्न थालेपछि मैले निरन्तर ध्यानाकर्षण गराएको थिएँ, तर नेतृत्व सुध्रिने संकेत देखिएन,” उनले भने ।

पछिल्ला निर्वाचनहरूमा पार्टीको प्रभाव कमजोर बन्दै गएको र आगामी स्थानीय तह निर्वाचनसम्म उम्मेदवार पाउनसमेत कठिन हुने अवस्था सिर्जना भएकाले आफूले विद्रोहको बाटो रोज्नुपरेको राणाको भनाइ छ ।

यसअघि नै विज्ञप्तिमार्फत राप्रपा त्यागको घोषणा गरेका राणासँगै पार्टीका केही पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले पनि पार्टी परित्याग गरेका छन् । उनीहरूले नयाँ राजनीतिक अभियानमा सहभागी हुने जनाएका छन् ।

राणा पक्षले संस्थापक नेताहरूको योगदानको सम्मान नभएको, नयाँ पुस्तालाई अवसर नदिइएको तथा राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई पार्टी नेतृत्वले कमजोर बनाएको आरोप लगाउँदै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ४ : ४४ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ