२९ भदौ २०८३, सोमबार | September 14, 2026

परराष्ट्रमन्त्री शिशिर खनाल भोलीदेखी तीनदिने भारत भ्रमणमा जाने



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीनदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा रहनेछन् ।

भ्रमणका क्रममा मन्त्री खनालले नयाँदिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत विचार–विमर्श हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको ऐतिहासिक, कूटनीतिक तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ५ : ०१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ