१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार) औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । परराष्ट्र मन्त्रालयले बिहीबार वक्तव्य जारी गर्दै मन्त्री खनालको भारत भ्रमणबारे जानकारी दिएको हो ।

यसअघि जेठ २३ गतेका लागि तय गरिएको भ्रमण केही प्राविधिक कारणले सामान्य रूपमा पुनः तालिका मिलाइएको मन्त्रालयले जनाएको छ । नयाँ कार्यतालिकाअनुसार मन्त्री खनाल शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नेछन् ।

भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसहित भारत सरकारका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा नेपाल-भारत सम्बन्धका विविध आयाम, द्विपक्षीय सहकार्य तथा साझा हितका विषयमा छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणबारे पनि भारतीय पक्षसँग प्रारम्भिक संवाद हुने अपेक्षा गरिएको छ । त्यसका साथै व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा दुई देशबीचका कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल केन्द्रित रहनेछ ।

स्रोतका अनुसार नेपाल-भारत सीमा विवादलगायत द्विपक्षीय चासोका विषयहरू पनि छलफलको एजेन्डामा पर्न सक्नेछन् । यिनै छलफलका आधारमा आगामी दिनमा प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणका एजेन्डा तय गरिने बताइएको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिसकेको छ । त्यसको निरन्तरताका रूपमा परराष्ट्रमन्त्री खनालको भ्रमणलाई पनि महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ ।

परराष्ट्र मन्त्रालयले नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानले नेपाल-भारतबीचको ऐतिहासिक, सांस्कृतिक र बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ७ : ३१ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से