५ श्रावण २०८३, मंगलबार | July 21, 2026

स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणको अन्तिम दिन अयोध्या पुगेर राम मन्दिरमा दर्शन तथा पूजा गरेका छन् ।

लामिछाने पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन्। उनीहरूले राम मन्दिरमा दर्शन र पूजा-अर्चना गरेका छन् ।

पाँचदिने भारत भ्रमण पूरा गरेर रवि नेतृत्वको रास्वपा टोली आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न उच्चस्तरीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए ।

यता रास्वपाकै नेता तथा परराष्ट्रमन्त्री शिशिर खनाल भने आजदेखि भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  १० : २८ बजे

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल