१४ भदौ २०८३, आइतबार | August 31, 2026

लामाखेतमा बस्ती संरक्षण योजना निर्माण



म्याग्दी । जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बाढी, पहिरोबाट बस्ती संरक्षण गर्ने योजना निर्माण भएको छ ।

लामाखेतस्थित जलजला गाउँपालिकाको कार्यालय, बस्ती र सार्वजनिक सम्पत्तीलाई कालीगण्डकीमा आउने बाढी तथा कटानबाट बचाउनका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले योजना निर्माण गरेको हो ।

कुश्मा नगरपालिका(४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माणका लागि रु चार करोड ८३ लाख १० हजार ५६८ लागत अनुमान गरेर ठेक्का आह्वान भएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले जानकारी दिए । उहाँका अनुसार विसं २०८२ असारमा रु दुई करोड ९६ लाख ३४ हजार ८३७ मा नकुल-बिआरटी-शाय जेभीले ठेक्का सम्झौता गरेको छ ।

इन्जिनियर गुरुङले भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन लगाएर ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण भएको बताए । उनका अनुसार कार्यालयमार्फत बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङका गरी छ वटा बहुवर्षीय नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना निर्माणाधीन छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ८ : ४२ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति