२५ जेष्ठ २०८३, सोमबार | June 8, 2026

फिलिपिन्समा शक्तिशाली भूकम्प, जापान र इन्डोनेसियासहित विभिन्न देशमा सुनामीको चेतावनी



मनीला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र जापानलगायत देशहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।

स्थानीय समयअनुसार बिहान ७ः३७ बजे फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओस्थित तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता र गहिराइबारे विभिन्न भूगर्भीय निकायहरूले फरक-फरक प्रारम्भिक विवरण सार्वजनिक गरेका छन् । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (फिभोल्क्स) का अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो र यसको गहिराइ १० किलोमिटर रहेको थियो ।

यस्तै, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड रहेको जनाएको छ । यूएसजीएसका अनुसार भूकम्प ३५ किलोमिटर गहिराइमा गएको हो ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले पनि भूकम्प ७.८ म्याग्निच्युडकै रहेको उल्लेख गर्दै यसको गहिराइ ५० किलोमिटर रहेको जनाएको छ । शक्तिशाली भूकम्पपछि समुद्रमा ठूला छाल उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशहरूले सतर्कता अपनाउन थालेका छन् । सम्बन्धित निकायहरूले समुद्री तट आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान तथा आधिकारिक सूचनाहरूको पालना गर्न आग्रह गरेका छन् ।

भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने हालसम्म सार्वजनिक भएको छैन । उद्धार तथा मूल्यांकन कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ७ : १९ बजे

स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकल कलेजमाथि सरकारले थाल्यो कारबाही प्रक्रिया

काठमाडौँ । स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल

आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगमा दिगो आर्थिक स्रोतको व्यवस्थापन हुन

नवनियुक्त मन्त्री भण्डारीलाल अहिरको नियुक्ति फिर्ता लिन जसपा नेपालको माग

नेपालगन्ज । जसपा नेपालले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई

विद्युत् महसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई