१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

विपक्षीको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको सोमबारको बैठक पुनः प्रभावित भएको छ। प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर जारी विरोधपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै अवरोध कायम राखेका थिए। उनीहरूले प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाउनुपर्ने तथा सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग दोहोर्‍याएका छन्।

विपक्षी सांसदहरूको निरन्तर विरोधका बीच बैठक सञ्चालन गर्न कठिन भएपछि सभामुख अर्यालले दलहरूबीच थप परामर्शको अवसर दिन बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रधानमन्त्री शाहले केही दिनअघि प्रतिनिधिसभामा नेपाल-भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उक्त विषयलाई लिएर संसदमा लगातार अवरोध भइरहेको छ भने सत्तापक्ष र विपक्षीबीच सहमति जुटाउने प्रयास जारी छ।

यद्यपि सोमबारसम्म पनि विवाद समाधान हुन नसकेपछि संसदको नियमित कार्यसूची प्रभावित बनेको छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १ : ४३ बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा