२९ भदौ २०८३, सोमबार | September 15, 2026

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित



काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलि ९मङ्गलबार० दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि सभामुखले पहिलो चरणमा १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । सहमतिको प्रयास सफल नभएपछि सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै बैठक भोलिसम्मका लागि सारेको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सूचनामा प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने उल्लेख गरिएको छ ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रधानमन्त्री शाहले संसद्मा बोल्ने क्रममा “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले संसद्को रोष्ट्रममा उभिएर माफी माग्नुपर्ने माग राखेका छन् ।

विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद् अवरोध जारी रहने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ३ : २८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ