१० असार २०८३, बुधबार | June 24, 2026

कक्षा १२ पछि विद्यार्थीलाई सीपमूलक बनाउने उद्देश्यले वेस्टर्न मेगा कलेजमा ३० दिने निःशुल्क हस्पिटालिटी तालिम सुरु



बुटवल । बुटवल-१५ ढवाहास्थित वेस्टर्न मेगा कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ३० दिने निःशुल्क सीपमूलक हस्पिटालिटी तालिम सञ्चालन गरेको छ ।

तालिममा रुपन्देही जिल्लाका विभिन्न विद्यालयका करिब ८० जना विद्यार्थी सहभागी भएका छन् । विद्यार्थीहरूलाई व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले बेकरी एण्ड किचन, बारिस्टा तथा एफ एण्ड बी सर्भिस, र गेष्ट ह्याण्डलिङ एण्ड हाउसकिपिङ गरी तीन विधामा प्रशिक्षण दिइँदैछ ।

विद्यार्थीहरूको फुर्सदको समयलाई सदुपयोग गर्दै आत्मनिर्भर तथा रोजगारमुखी बनाउन तालिम आयोजना गरिएको कलेजले जनाएको छ । कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले सहभागीहरूका लागि निःशुल्क दर्ता, निःशुल्क प्रशिक्षण तथा तालिम सम्पन्न भएपछि निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको जानकारी दिए ।

बिएचएम संयोजक तथा सेफ विकास खत्रीका अनुसार तालिम दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सहभागी विद्यार्थीहरूका लागि अतिरिक्त सुविधाका रूपमा निःशुल्क स्विमिङको समेत व्यवस्था गरिएको छ ।

सन् २०१३ देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको वेस्टर्न मेगा कलेजले अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त कार्यक्रममार्फत व्यावहारिक तथा सीपमूलक शिक्षा उपलब्ध गराउँदै आएको जनाएको छ । कलेजले विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कलेजमा हाल स्नातक तहअन्तर्गत चारवर्षे बीआईटी र बीएचएम तथा स्नातकोत्तर तहअन्तर्गत दुईवर्षे एमबीए कार्यक्रम सञ्चालनमा रहेका छन् । कलेजले शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला भएको जानकारी पनि दिएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ४ : ०३ बजे

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा