१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

महावीर पुन पुनः मन्त्री बन्दै



काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई मन्त्रिपरिषद्मा समावेश गर्ने तयारी गरेका हुन् ।

पुन मन्त्री बनेसँगै सरकारलाई समर्थन गर्ने दलहरूको संख्या थप मजबुत हुने भएको छ । प्रतिनिधिसभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव अझ बढ्ने राजनीतिक विश्लेषण गरिएको छ ।

यसअघि सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका पुन प्रतिनिधिसभा निर्वाचनअघि माघ ६ गते मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए । त्यतिबेला रास्वपाले उनलाई समर्थन गरेको थियो ।

राजीनामाका बेला पुनले शिक्षा सुधारसँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक विधायन समितिमा रोकिँदा आफू निराश बनेको भन्दै पद त्यागेको बताएका थिए ।

पुनकै प्रस्तावअनुसार सरकारले शिक्षा मन्त्रालयबाट छुट्ट्याएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको थियो । स्रोतका अनुसार उनी सोही मन्त्रालयको नेतृत्वमा फर्किने सम्भावना छ ।

यस्तै, आजै सुधन गुरुङले पनि गृहमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम रहेको छ । राष्ट्रपति कार्यालयमा मंगलबार अपराह्न साढे ४ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको बताइएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  २ : ४० बजे

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा