१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

नि:शुल्क शल्यक्रिया गरेर हनुमान महोत्सव



नेपालगन्ज । जेठ महिनाको अन्तिम मंगलवार अर्थात हनुमान महोत्सवको अवसरमा नेपालगन्जका दर्जनौं स्थानमा भण्डारा लगाइएको छ । हनुमान महोत्सवको अवसर पारेर श्रद्धालुहरुले नगरका चोकहरुमा भण्डारा खुवाएका हुन् ।

नगरका बिभिन्न स्थानमा भण्डारा खुवाएर श्रद्धा प्रकट गरिरहँदा नेपालगन्जका नेत्ररोग विशेषज्ञ डा. प्रचण्ड गौतमले भने मानवसेवा आश्रममा आश्रित ८ जना सेवाग्राहीको नि:शुल्क आँखाको शल्यक्रिया गरेर बडा मंगरबार (हनुमान महोत्सव) मनाएका छन् । मानवसेवा आश्रमको नेपालगन्जमा आश्रित ३ जना महिला र ४ जना पुरुषको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया गरिएको डा. गौतमले बताए ।

नेपालगन्जमा हरेक वर्षको जेठ महिनाको अन्तिम मंलबार भण्डारा खुवाएर हनुमान महोत्सव मनाउने गरिन्छ । नेपालगन्जमा दर्जन बढी स्थानहरुमा बटुवाहरुलाई खाना र सर्वत पानी खुवाएर हनुमान महोत्सव मनाइएको नेपालगन्जका स्थानीय अमूल्यलाल श्रेष्ठले बताए ।

महोत्सवलाई परोपकारको माध्यमबाट मनाउने उद्देश्यका साथ आजै भिजन आँखा अस्पतालको सौजन्यमा नि:शुल्क आँखाको शल्यक्रिया भएको मानवसे्वा आश्रम नेपालगन्जले जनाएको छ । भिजन आँखा अस्पताल डा. गौतमकै लगानीमा संचालनमा रहेको आँखा सम्बन्धि अस्पताल हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ९ : ०२ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा