२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न



कर्णाली । मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सम्पन्न भएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेत र पिपल इन निड (पिन) प्रतिबद्ध-३ परियोजनाको सहकार्यमा मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त फोरम सम्पन्न भएको हो । फोरममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कर्णालीका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र नभएकाले प्रदेश सरकारले त्यसको व्यवस्थापनका लागि आवश्यक उपकरणमा सहयोग गर्ने बताए ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले जल तथा मौसमजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्गतका कार्यालयहरूको भूमिका, मनसुन सिजन २०८३ को जलवायु आकलनसम्बन्धी प्रस्तुतीकरण गरेकी थिईन ।

पिपल इन निड (पिन) प्रतिबद्ध-३ परियोजना ९पिन०का कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले मनसुन पूर्वतयारी तथा सम्भावित प्रभावबारे प्रस्तुतीकरण गर्दै २०८३ सालमा मनसुनजन्य विपद्बाट देशभर ५९ हजार ८६८ घरपरिवारका दुई लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने जनाए । उनले भने, “मनसुनजन्य विपद्बाट ५१ दशमलव १० प्रतिशत महिला र ४८ दशमलव ९० प्रतिशत पुरुष प्रभावित हुने आकलन गरिएको छ । जसमा २१ प्रतिशत वृद्धवृद्धा, आठ प्रतिशत बालबालिका, दुई दशमलव पाँच प्रतिशत अपाङ्गता भएका व्यक्ति र दुई प्रतिशत प्रजनन उमेर समूहका महिलासमेत प्रभावित हुने देखिन्छ ।”

यसबाट सबैभन्दा बढी लुम्बिनीमा ५१ हजार ६२६ र कर्णालीमा सबैभन्दा कम १३ हजार १७५ जनसङ्ख्या प्रभावित हुने तथ्याङ्कमा उल्लेखछ ।

फोरममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठ, भौतिक सचिव अर्जुनकुमार बम, उद्योग तथा पर्यटन सचिव अजितकुमार कर्णलगायत प्रदेश तथा जिल्ला आपत्काकालीन कार्य सञ्चालन केन्द्र, विषयगत क्षेत्र, विकास साझेदारलगायत क्षेत्रका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ८ : १६ बजे

सुनको मूल्यमा एकैदिन १० हजारभन्दा बढी गिरावट, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका-९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल