३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ



काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक यो समाचार तयार गर्दासम्म सुरू हुन सकेको छैन ।

यसअघिका बैठकमा विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका कारण सहमतिका लागि प्रयास जारी रहेकाले बैठक सञ्चालनमा विलम्ब भएको हो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद गरेर अवरोध खुलाउन सहमतिको प्रयास गरेका छन् ।

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उनले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने र विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिनिधिसभाको यही जेठ १७ गतेको बैठकमा सांसदको प्रश्नको जवाफका क्रममा प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १२ : १८ बजे

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,