१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

यस्तो रहनेछ आज राती र भोलिको मौसम



काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार निश्चित वर्षामापन केन्द्र आसपास भारी वर्षा भएको हो । आज राति ८ः३० बजेको मापन केन्द्रको अभिलेखअनुसार काठमाडौँसहित, झापा, मोरङ, तनहुँ, दाङ र सुर्खेतमा भारी वर्षा भएको छ ।

काठमाडौँको कपन क्षेत्रमा आज पछिल्लो २४ घण्टामा ५१.८ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी झापाको बाहुनडाँगीमा ७७.४ मिलिमिटर वर्षा भएको छ । यस्तै तनहुँमा ५३.२, दाङमा ४८.२ र सुर्खेतमा ५२.८ मिलिमिटर वर्षा भएको छ । यी सबै क्षेत्रमा भारी वर्षा भएको हो ।

मौसम बदली भई ठाउँठाउँमा वर्षा भएकाले आज देशभरको तापक्रम पनि घटेको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए । उनका अनुसार आज तापक्रम तराइमा ३९ डिग्रीभन्दा कम तथा काठमाडौँमा २१ डिग्री छ ।

विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको छ । बिहीबार देशभर साधारणतया बादल लाग्ने तथा कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा मध्यमसम्म वर्षा हुने बताइएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थान साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलले नेपाल मनसुन प्रवेशको संघारमा रहेको जानकारी दिँदै अबको केही दिनमै मनसुन प्रवेश हुनसक्ने बताए । यसपालि मनसुनमा औषतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ९ : ३६ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा