९ भदौ २०८३, मंगलबार | August 26, 2026

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।

बैठकको सुरूमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए ।

सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिनुभएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरे। नेता अर्यालले संसद्मा जवाफमा क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिनुभएको अभिव्यक्तिका सम्बन्धमा असन्तुष्टि व्यक्त गरे।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहको गत जेठ १७ गते सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे । उनले एसइईका विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने, टेम्पो भीरबाट खसाल्ने र प्रहरीले व्यक्तिको घरमा ढुङ्गा हानेर क्षति पुर्‍याउनेलगायतका काम गलत भएको भनी टिप्पणी गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवारज दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमिमा प्रवेश गरेको विषयमा सरकारको जवाफ माग गरे । उनले इलामको प्रसिद्ध चिया उद्योग बन्द हुन लागेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद रेनुका काउँचाले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिनसम्बन्धी समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसबीको हस्तक्षेपप्रति विनावर्दीका सिपाइ बनेर नेपाली नागरिकले देखाएको अदम्य साहसप्रति सम्मान गरे । उनले सीमा क्षेत्रमा रहेका नेपालीहरूप्रति सरकार संवेदनशील हुनुपर्ने माग गरे।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ११ : ५५ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त