३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षरोपण गर्न सम्झौता



काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षरोपण कार्य अगाडि बढाउन प्रेरा निर्माण सेवासँग सम्झौता गरेको छ ।

एमसिए नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा रहेको सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टरमा वृक्षरोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले जनाएको छ । वृक्षरोपणले वातावरणीय संरक्षण र दिगो वन व्यवस्थापनमा योगदान पुग्ने बताइएको छ ।

सागरनाथ वन विकास परियोजनाले सर्लाही, महोत्तरी र रौतहट जिल्लामा गरी १३ हजार ५१२ हेक्टर (अर्थात करिब १३५ वर्ग किलोमिटर) वन क्षेत्रफल ओगटेको छ । यो आयोजना महोत्तरीको पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण, पूर्वमा भव्सी खोला र पश्चिममा बागमती नदीको बीचमा फैलिएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ६ : ३९ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष