२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने



काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा सुरु हुनेछ ।

बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायका लागि विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने जनाइएको छ ।

छलफलका क्रममा सांसदहरूले सम्बन्धित मन्त्रालय तथा निकायको खर्च रकम घटाउन खर्च कटौती प्रस्तावसमेत प्रस्तुत गर्नेछन् ।

यसैबीच, बैठकको प्रारम्भमा सभामुखले प्रतिनिधिसभाका पूर्व सदस्य मंगलप्रसाद गुप्ताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

चालु बजेट अधिवेशनअन्तर्गत जारी विनियोजन विधेयकमाथिको छलफललाई आगामी आर्थिक वर्षको बजेट तथा सरकारी कार्यक्रमको प्रभावकारितासँग जोडेर हेरिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ७ : ४९ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा