३ असार २०८३, बुधबार | June 17, 2026

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन सभामुखले रुलिङ नगरेको भन्दै प्रतिनिधिसभामा विपक्षी दलहरूले सभामुख डोलप्रसाद (डीपी) अर्यालमाथि प्रश्न उठाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो आसनबाट उठेर सभामुखको ध्यानाकर्षण गराएका थिए। उनीहरूले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिप्रति सभामुखले आवश्यक रुलिङ गर्नुपर्ने माग दोहोर्‍याए।

यही जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा विभिन्न स्थानमा मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार आपत्ति जनाउँदै आएका छन्।

बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने र त्यसका लागि सभामुखले रुलिङ गर्नुपर्ने माग गरे। नेपाल कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि यही विषयमा सभामुखको हस्तक्षेप आवश्यक रहेको बताए।

यसै क्रममा नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख अर्यालको निष्पक्षतामाथि प्रश्न उठाए। उनले सभामुखले सदनको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रुलिङ नआउनु शंकास्पद भएको टिप्पणी गरे।

“सभामुख महोदय, हाम्रो सामुन्नेमा बस्नुभन्दा पहिले एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो। के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो, रास्वपा, त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि क्या हो ?” यादवले प्रश्न गरे।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सामूहिक रूपमा टेबल ठटाएको उल्लेख गर्दै त्यसप्रति पनि आपत्ति जनाए। “जुन बेला प्रधानमन्त्रीज्यूले सीमाका बारेमा अभिव्यक्ति दिनुभयो, त्यतिबेला सामूहिक रूपमा टेबल थपथपाउनुभयो,” उनले भने। यादवको अभिव्यक्तिपछि रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति जनाए।

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति र त्यसबारे सभामुखको भूमिकालाई लिएर संसद्मा जारी विवाद बुधबार पनि कायमै रहँदा विपक्षी दलहरूले सभामुखमाथि दबाब बढाएका हुन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : २४ बजे

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत

फोहोर बेचेर व्यास नगरपालिकाले गर्यो २४ लाख भन्दा बढि आम्दानी

दमौली । दमौलीको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली