९ भदौ २०८३, मंगलबार | August 26, 2026

श्रम संस्कृति पार्टीका सांसदले रोष्टम घेरेपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गरेका हुन् ।

आफूहरूले राखेको प्रश्नको जवाफ मन्त्रीले नदिएको भन्दै सो दल सम्बद्ध सांसदहरूले लगातार विरोध गर्दै आएका थिए ।

सभामुख अर्यालले पटकपटक आशन ग्रहण गरेर बैठक सञ्चालनमा सहयोग गर्न सांसदलाई आग्रह गरेका थिए । विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरणका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा छलफल जारी छ ।

त्यसअघि, सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई नीति तथा नियममा रहेर व्यवहार गर्न सचेत समेत गराएका थिए ।

सो पार्टीका सांसद हर्कराज राईले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आफूले राखेको जिज्ञासाको जवाफ नदिएको दाबी गरेका थिए । सांसद राईले मन्त्रीले जवाफ दिइसकेपछि पुनः स्पष्टीकरण सोध्न खोजेका थिए । तर सभामुख अर्यालले स्पष्टिकरणमाथि स्पष्टिकरण नहुने बताएका थिए ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  २ : ५६ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त