४ असार २०८३, बिहिबार | June 18, 2026

बुटवलबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ



बुटवल । बुटवल उपमहानगरपालिका-१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेको आरोपमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले विगत केही दिनदेखि चिनियाँ नागरिकहरूको समूहले विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत नेपालमा प्रतिबन्धित अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरिरहेको सूचना प्राप्त गरेको थियो । सोही सूचनाको आधारमा बिहीबार दिउँसो छापा मारेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले बिनान्स, ओकेएक्स, इन्टोकन, पेटीएम, भिम, मोबिक्विक तथा फोनपे लगायतका वित्तीय तथा क्रिप्टो वालेट एप्स र वेबसाइटहरू प्रयोग गरी कारोबार गर्ने गरेको खुलेको छ ।

पक्राउ पर्नेहरूमा ४९ वर्षीय सियोङ गुओफु, ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सुन हुइ, ३५ वर्षीय चाओ छिउछन, ३१ वर्षीय सियाङ जियाशुन र ४५ वर्षीय ली बिन रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट अवैध कारोबारमा प्रयोग भएका ११ थान मोबाइल फोन र २ थान ल्यापटप बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका ६ जनाविरुद्ध अभौतिक मुद्रा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

नेपालमा क्रिप्टोकरेन्सीको कारोबार, लगानी तथा माइनिङ कार्य हाल कानुनद्वारा प्रतिबन्धित छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ९ : ०१ बजे

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता जारी

नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष

स्वास्थ्य परीक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जना पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा स्वास्थ्य परिक्षण नै नगरि

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा, मनसुनको अझै छैन छाँटकाँट

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि