१३ भदौ २०८३, शनिबार | August 30, 2026

डेभिडको ह्याट्रिकमा क्यानडाले कतारलाई ६ गोलको वर्षा गर्‍यो



काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले कतारलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ । विश्वकप इतिहासमा समूह चरणको खेलमा क्यानडाले हासिल गरेको यो पहिलो जित हो ।

सन् १९८६ र २००२ को विश्वकपमा सहभागी भएको क्यानडाले त्यसअघि समूह चरणमा कुनै पनि खेल जित्न सकेको थिएन । घरेलु समर्थकमाझ प्राप्त ६-० को जित क्यानडाको विश्वकप इतिहासकै सबैभन्दा ठूलो जितसमेत बनेको छ ।

खेलको १६औँ मिनेटमा क्लाइल केरिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। त्यसपछि जोनाथन डेभिडले ३९ औँ मिनेटमा गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थप्दै टोलीलाई ३-० को आरामदायी अग्रता दिलाए ।

कतारका लागि खेल झन् कठिन बन्दै गयो । ३३ औँ मिनेटमा होमाम अहमदले रातो कार्ड पाएपछि कतार १० खेलाडीमा सीमित भयो। दोस्रो हाफको ५५ औँ मिनेटमा असिम ओमामिदोलाई पनि रातो कार्ड देखाइएपछि कतार नौ खेलाडीमा झर्यो ।

खेलको ६३ औँ मिनेटमा लियाम मिलरले चौथो गोल थपे । ७४ औँ मिनेटमा मोहम्मद मुनाइले आत्मघाती गोल गरेपछि क्यानडाको अग्रता ५-० पुगेको थियो ।

इन्जुरी समयमा जोनाथन डेभिडले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र क्यानडालाई ६-० को शानदार जित दिलाए ।

यस जितसँगै क्यानडाले दुई खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा बोस्निया-हर्जगोभिनासँग बराबरी खेलेको क्यानडा समूह ‘बी’ मा नकआउट चरण प्रवेशको बलियो दाबेदार बनेको छ । यता, लगातार खराब प्रदर्शन गरेको कतार दबाबमा परेको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : ३१ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ