१३ भदौ २०८३, शनिबार | August 30, 2026

मान्जाम्बी चम्किँदा स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४-१ ले पराजित



काठमाडौं । जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयमा भएको गोल वर्षाको मद्दतले स्विट्जरल्यान्डले फिफा विश्वकपअन्तर्गत समूह ‘बी’ को खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४-१ ले पराजित गरेको छ । यो जितसँगै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

लस एन्जलस स्टेडियममा बिहीबार सम्पन्न खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन भारगास र कप्तान ग्रानिट जाकाले एक-एक गोल थपे । बोस्नियाका एर्मिन माहमिचले सान्त्वना गोल फर्काए ।

खेलको अधिकांश समय दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि अन्तिम १० मिनेटमा खेलको चित्र पूर्ण रूपमा बदलिएको थियो । ८० औँ मिनेटमा बोस्नियाका डिफेन्डर तारिक मुहरेमोभिचले ब्रेल एम्बोलोलाई फउल गरेपछि सिधै रातो कार्ड पाएर मैदान बाहिरिए । त्यसपछि १० खेलाडीमा सीमित बोस्नियाको रक्षापंक्ति दबाबमा परेको थियो ।

७१ औँ मिनेटमा मैदान प्रवेश गरेका मान्जाम्बीले ८२ औँ मिनेटमा आकर्षक भलीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि भारगासले गोल गर्दै अग्रता दोब्बर बनाए ।

९० औँ मिनेटमा भारगासकै पासमा मान्जाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को बलियो स्थितिमा पुर्‍याए । इन्जुरी समयको पहिलो मिनेटमा माहमिचले बोस्नियाका लागि एक गोल फर्काए पनि खेलको ९७ औँ मिनेटमा जाकाले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डको ४-१ को जित सुनिश्चित गरे ।

यसअघि कतारसँग १-१ को अप्रत्याशित बराबरी खेलेको स्विट्जरल्यान्डले दोस्रो खेलमा जित निकाल्दै दुई खेलबाट चार अंक जोडेको छ । यता, बोस्निया एन्ड हर्जगोभिना भने एक अंकमै सीमित रहँदा नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

समूह ‘बी’ अन्तर्गत अब कतार र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ भने स्विट्जरल्यान्डले आफ्नो अन्तिम खेलमा कतारको सामना गर्नेछ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : ४० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ