९ भदौ २०८३, मंगलबार | August 26, 2026

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको आरोप लगाउँदै संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलीराज’ स्थापित गर्न खोजिएको आरोप लगाएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको दबाब र दुव्र्यवहारप्र्रति आपत्ति जनाएका हुन् ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब ९ घण्टासम्म राखेर दबाब दिइएको र विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको भन्ने विषय सार्वजनिक रूपमा चर्चामा आएको उल्लेख गर्दै त्यसप्रति गम्भीर आपत्ति जनाए।

‘अख्तियारका अधिकारीहरूलाई ९ घण्टासम्म सिंहदरबारमा राखेर विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको छ भन्ने सुनिन्छ। यो विधिको शासन हो कि जङ्गलीराज ?’ उनले प्रश्न गरे।

बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कुनै प्रधानमन्त्री कार्यालय मातहतको निकाय नभई संविधानद्वारा स्थापित स्वतन्त्र संवैधानिक अङ्ग भएको स्मरण गराउँदै यसको मुख्य जिम्मेवारी राज्य शक्तिमाथि निगरानी राख्ने र ‘चेक एन्ड ब्यालेन्स’ कायम गर्ने भएको बताए।

‘अख्तियार कसैको गोजीको संस्था कदापि होइन। यदि आज प्रधानमन्त्री कार्यालयले अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने भोलि प्रधानमन्त्री स्वयंले गल्ती गर्दा कसले छानबिन गर्ने ?’ उनले प्रश्न गरे।

सांसद बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर संवैधानिक निकायलाई थर्काउने र हुकुम चलाउनेहरू संविधान र कानुनको मर्म नबुझेका नयाँ गिरोहका सदस्य भएको आरोप लगाए। उनले सिंहदरबारभित्र ‘हुकुमी जङ्गलराज’ जन्माउने प्रयास भइरहेको दाबी पनि गरे।

उनले एक विदेशी राजदूतमाथि समेत प्रधानमन्त्री कार्यालयमा दुर्व्यवहार भएको भन्ने आरोप सार्वजनिक भएको उल्लेख गर्दै यस्ता घटनाले राज्य संयन्त्रमाथिको विश्वास कमजोर बनाउने बताए।

भ्रष्टाचारका विषयमा आफ्नो पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गर्दै उनले कांग्रेसका नेता, पूर्वप्रधानमन्त्री वा कुनै पनि दलका व्यक्ति किन नहोस्, कानुनभन्दा माथि कोही नरहेको बताए। तर अनुसन्धान र कारबाहीको प्रक्रिया भने विधिसम्मत र कानुनअनुसार हुनुपर्ने उनको भनाइ थियो।

सांसद बुढाले प्रधानमन्त्री संसद्प्रति पनि जवाफदेही हुन नसकेको आरोप लगाए। बजेट, सीमा तथा अन्य राष्ट्रिय महत्वका विषयमा संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने अवस्थामा प्रधानमन्त्री संसद्को सामना गर्न नचाहेको उनको टिप्पणी थियो।

‘जुन संसद्ले प्रधानमन्त्री बनायो, त्यही संसद्लाई प्रधानमन्त्रीले उपेक्षा गरिरहनुभएको छ। यो केवल संसद्को अपमान मात्र होइन, सम्पूर्ण नागरिकप्रतिको बेवास्ता हो,’ उनले भने।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १२ : ०२ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त