९ भदौ २०८३, मंगलबार | August 26, 2026

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको अन्तारिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा आकस्मिक समय लिएर आज सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेलामा बिहीबार राति १०ः०० बजे प्रहरीले विनाकारण खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएकाहुन् । “मन्त्री पराजुलीको घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी गरेको छ”, उनले भने, “प्रहरी किन यस्तो गरेको हो ? सरकारबाट म यो जान्न चाहान्छु ।”

सांसद आरेन राईले जेनजी आन्दोलनका बेला नयाँ बानेश्वरको एक बैंकमा धितो राखेको १८ तोला सुन चोरी भएकामा उपभोक्ता मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा कुनै गम्भीर प्रकृतिको घटना भएमा मात्र समय माग गरेर बोल्न आग्रह गरे ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १ : ०६ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त