४ कार्तिक २०८३, बुधबार | October 21, 2026

लागुऔषधको कारोबारे नियन्त्रण गर्न प्रहरीबाट गोली प्रहार, ३ जना पक्राउ



काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको छ । ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारमा संलग्नहरूमाथि गोली चलाएर नियन्त्रणमा लिएको हो ।

गोली प्रहार गरेर ३ जना कारोबारीलाई नियन्त्रणमा लिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रहरीको गोली प्रहारबाट पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ घर भएका ३९ वर्षीय किशोर प्रसाद ओझैया घाइते भएका छन् । उनको दाहिने खुट्टामा गोली लागेको बताइएको छ ।

काठमाडौँ महानगरपालिका–३२ स्थित बालकुमारी पुलमुनि ओझैयासहितका कारोबारेलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको बताइएको छ ।

लागुऔषध कारोबारमा संलग्न कैलाली घर भएका २५ वर्षीय अशोक भुल र सप्तरी राजगढ गाउँपालिका–३ घर भएका १८ वर्षीय नीरज कुमार मण्डललाई पनि प्रहरीले पक्राउ गरेको छ । मण्डलको साथबाट प्रहरीले ३०२ ग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुवास बोहराले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ४ : ०० बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने