१३ भदौ २०८३, शनिबार | August 29, 2026

विष्णु पौडेललाई काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धान सुरु



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा उपस्थित गराइएको छ । सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटल परिसरबाट पक्राउ परेका पौडेललाई मंगलबार बिहान नेपालगञ्ज हुँदै हवाईमार्गबाट काठमाडौं ल्याएर विभागमा हाजिर गराइएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि विभागले सोमबार नै जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई इमेलमार्फत पक्राउ गर्न निर्देशन दिएको थियो । सोही आधारमा प्रहरीले एमालेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यक्रम चलिरहेका बेला पौडेललाई नियन्त्रणमा लिएको थियो ।

पक्राउपछि उनलाई राति नेपालगञ्जस्थित प्रहरी गणमा राखिएको थियो । त्यसपछि मंगलबार बिहान काठमाडौं ल्याएर विभागसमक्ष उपस्थित गराइएको हो ।

पौडेलमाथि अब सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा विस्तृत अनुसन्धान अघि बढाइने भएको छ । सरकारी स्रोतका अनुसार उनीमाथि हाल कारागारमा रहेका व्यवसायी दीपक भट्टसँग आर्थिक कारोबार तथा निकट सम्बन्ध रहेको आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ ।

घटनाले राष्ट्रिय राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ भने एमालेले यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : ५२ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण