९ भदौ २०८३, मंगलबार | August 25, 2026

बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा



बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा उपस्थित भएको फोटो सार्वजनिक भएपछि श्रेष्ठ राजनीतिक विवादमा तानिएका छन् । रास्वपाको महाधिवेशन स्थलमा उनको फोटो सार्वजनिक भएसँगै उनी विवादमा तानिएका हुन् ।

रास्वपाले सरकारी कर्मचारीलाई पार्टीमा आबद्ध नगराउने नीति रहेको बताउँदै आएको छ । रास्वपाको राजनीतिक मुक्त कर्मचारीको नीति अनुरुप सरकारले कर्मचारीहरुको ट्रेड युनियन समेत खारेज गरिसकेको छ । रास्वपाले पार्टी समर्थक कर्मचारीको संगठन समेत निर्माण गरेको छैन ।

बुटवल उपमहानगरपालिकाको भवन निर्माण महाशाखामा प्राविधिकतर्फ अधिकृत आठौँ पदमा कार्यरत श्रेष्ठ महाधिवेशनमा सहभागी भएको फोटो सार्वजनिक भएपछि भने त्यस विषयले फरक चर्चा पाएको हो ।

इन्जिनियर श्रेष्ठले भने आफु चितवन भएर बुटवल फर्कने क्रममा महाधिवेशन स्थलमा हेर्न मात्र गएको बताएका छन् । खबरकुरासँग कुरा गर्दै श्रेष्ठले आफु रास्वपाको सदस्य वा प्रतिनिधि भएर महाधिवेशन स्थल नगएको बताउँदै उदघाटन कार्यक्रम हेर्न मात्र पुगेको बताए । ‘म रास्वपाको सदस्य वा प्रतिनिधि भएर गएको होइन, बाटोमा आउँदै गर्दा महाधिवेशनस्थल हेर्न मात्र पुगेको हुँ,’ उनले भने, ‘साथीहरुले फोटो खिचेर राखिदिएछन् ।’

उनले रास्वपा प्रवेश नगरेको स्पष्टिकरण दिएपनि भित्रभित्रै रास्वपाबाट आगामी स्थानीय चुनावमा मेयरको उम्मेदवारको तयारी गरिरहेको उनी निकट स्रोतको दाबी छ । कर्मचारी रहेकै अवस्थामा श्रेष्ठले गोप्यरुपमा रास्वपाका लागि काम गरिरहेको स्रोतको भनाई छ ।

इन्जिनियर श्रेष्ठसँगै बुटवलमा एमालेको प्रभावशाली नेताकारुपमा रहेको प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठका सुपुत्र सुनिल श्रेष्ठपनि महाधिवेशनमा सहभागी भएको फोटो सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  २ : ०८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त