६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक



नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको जोखिम बढ्दै गइरहेको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी काठमाडौंले आज नेपालगन्जमा आयोजना गरेको “किशोर–किशोरी मानसिक स्वास्थ्यमा जिम्मेवार सञ्चारका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम” मा सहभागीहरुले किशोरकिशोरीहरुमा देखिएको मानसिक स्वास्थ्य प्रति चिन्ता ब्यक्त गरेका हुन् ।

उनीहरुले मानसिक स्वास्थ्यका बारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने जनाएका छन् । सञ्चारमाध्यमले किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी सूचना तथा शिक्षा प्रवाह गर्न, सही जानकारी फैलाउन र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण योगदान दिन सक्ने विषयमा सहभागीहरुले जोड दिएका छन् । सहभागी पत्रकारहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील, तथ्यपरक र जिम्मेवार बन्न आग्रह गरिएको थियो ।

कार्यक्रममा प्रस्तुति दिँदै जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले युवामा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौतीका रूपमा देखिएको बताइन् । डा. उप्रेतीले नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक रहेको उल्लेख गर्दै आत्महत्या अहिले प्रमुख सार्वजनिक स्वास्थ्य समस्यामध्ये एक बनेको बताइन् । उनले मानसिक स्वास्थ्यलाई अझै पनि गलत बुझाइ, डर र सामाजिक कलंकका रूपमा लिने प्रवृत्ति कायम रहेकाले समस्या थप जटिल बन्दै गएको बताइन् ।

उनका अनुसार विश्वभर करिब ६.२ प्रतिशत किशोरकिशोरी मानसिक असन्तुलनको समस्याबाट प्रभावित छन् भने २.८ प्रतिशतमा तनावको अवस्था रहेको छ । त्यस्तै ११.२ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको उनले जानकारी दिइन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्थाकी सचिव एवं मनोपरामर्शकर्ता सुदिपा ढुंगानाले मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई लुकाउने वा कलंकका रूपमा हेर्ने प्रवृत्तिले समस्या थप जटिल बनाउने बताउँदै परिवार, विद्यालय, समुदाय र सञ्चारमाध्यमले सचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा सहभागी पत्रकारहरुले आफुहरुले भोगेका मानसिक तनावका घटनाहरु सुनाएका थिए । कार्यक्रम संचालन संस्थाका फिल्ड अधिकृत गणेश प्रसाद भट्टराईले गरेका थिए ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले किशोरकिशोरीको मानसिक स्वास्थ्य, बालविवाह, बालश्रम, असुरक्षित बसाइँसराइ तथा मानव बेचबिखन न्यूनीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १० : ५३ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन