२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा



काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले बराबरीमा टुंग्याएका छन् । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

बोस्टन नजिकैको जिलेट स्टेडियममा ६३ हजार ९ सय ८३ दर्शकमाझ बुधबार राति भएको खेलमा इङ्ल्यान्डले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । खेलभरि इङ्ल्यान्डले विपक्षीको पोस्टमा १९ पटक प्रहार गरे पनि घानाका वैकल्पिक गोलरक्षक बेन्जामिन आसारे बाधक बने । घानाले भने खेल अवधिभर मात्र दुई पटक गोलको प्रयास गरेको थियो । इङ्ल्यान्डका निको ओ’रेलीले खेलको उत्तरार्धमा प्रहार गरेको हेड बल बारमा लागेर फर्किएपछि टोली जितबाट चुकेको थियो ।

पहिलो खेलमा क्रोएसियालाई ४-२ ले हराएर सनसनीपूर्ण सुरुवात गरेको इङ्ल्यान्डको यो फितलो प्रदर्शनले टोलीको विश्वकप उपाधि यात्राको सम्भावना माथि पुनः प्रश्न उठाएको छ । खेल अवधिभर इङ्ल्यान्डको प्रदर्शन गत युरो २०२४ को कमजोर लय जस्तै देखिएको थियो ।

यो बराबरीका बावजुद दुवै टोलीको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना भने बलियो छ । समूह ‘एल’ मा दुवै टोलीको दुई खेलबाट समान ४-४ अंक भएको छ । इङ्ल्यान्डले अब शनिबार मेटलाइफ स्टेडियममा पानामासँग समूह चरणको अन्तिम खेल खेल्नेछ । उक्त खेलमा पराजित नभए इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गर्नेछ ।

विश्वकप इतिहासमा इङ्ल्यान्ड अहिलेसम्म कुनै पनि अफ्रिकी टोलीसँग पराजित भएको छैन र त्यो कीर्तिमान यस पटक पनि जोगिएको छ । फिफा वरीयतामा इङ्ल्यान्डभन्दा ६९ स्थान पछाडि (७३ औं स्थानमा) रहेको घानाले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्‍यो ।

समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४-२ गोलअन्तर र घानाले पानामालाई १-० गोलले पराजित गरेका थिए ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ७ : ३६ बजे

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको

दैलेखमा सिडिओ नपठाउँदा तिहारमा पनि तलवविहीन बने कर्मचारी

सुर्खेत । दैलेख जिल्ला प्रशासन कार्यालय प्रमूख जिल्ला अधिकारी विहीन बन्दा