१३ भदौ २०८३, शनिबार | August 29, 2026

क्रोएसियाको पहिलो जित, पानामा विश्वकपबाट बाहिरियो



काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना जीवित राखेको छ । लगातार दोस्रो हार बेहोरेसँगै पानामा भने समूह चरणको एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

टोरन्टोमा सम्पन्न समूह ‘एल’ अन्तर्गतको खेलमा क्रोएसियालाई जित दिलाउन वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्टे बुदिमिरले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि प्रशिक्षक ज्लाट्को डालिचले दोस्रो हाफको सुरुमै टोलीमा दुई आक्रामक परिवर्तन गरेका थिए ।

प्रशिक्षकको रणनीति ५४ औँ मिनेटमा सफल भयो, जब जोसिप स्टानिसीचको क्रसमा ओसासुनाका फरवार्ड बुदिमिरले नजिकैबाट उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

यस जितसँगै क्रोएसियाका कप्तान लुका मोड्रिचको २०० औँ अन्तर्राष्ट्रिय खेल पनि स्मरणीय बनेको छ । ४० वर्षीय भेट्रान मिडफिल्डर मोड्रिच पुरुष फुटबल इतिहासमा २०० अन्तर्राष्ट्रिय खेल खेल्ने विश्वकै चौथो खेलाडी बनेका छन् । उनी ८१ औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

पहिलो हाफमा पानामाले तीव्र गतिमा आक्रमण गर्दै क्रोएसियामाथि दबाब सिर्जना गरे पनि गोलका अवसरलाई सदुपयोग गर्न सकेन । पहिलो खेलमा इङ्ल्यान्डसँग पराजित भएको पानामाले यस खेलमा पनि हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने नियति भोग्नुपर्‍यो ।

समूह ‘एल’ मा पहिलो तीन अंक जोडेको क्रोएसियाले अब शनिबार घानाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जित हात पारे क्रोएसियाले नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ७ : ३९ बजे

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई