२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम



बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं वडा कार्यालयले १० दिने अचार बनाउने तालिम सञ्चालन गरेको छ ।

वडामा स्थायी बसोबास गर्ने महिला तथा किशोरीका लागि १० दिने निःशुल्क अचार बनाउने तालिम सञ्चालन गरिएको वडाध्यक्ष दामोदर शर्मा घिमिरेले जानकारी दिए ।

वडा कार्यालयको आयोजना तथा आधार तालिम सेन्टरको व्यवस्थापनमा भैरहवामा सञ्चालित तालिममा २७ जना महिलाको सहभागिता छ । महिलालाई आयआर्जन र उद्यमशीलतासँग जोड्न तालिम सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् ।

“तालिम लिएरमात्र हुँदैन, यसको सदुपयोग गर्नुपर्छ, तालिम निःशुल्क भनिए पनि तपाईँहरूले सरकारलाई तिरेको करबाट सञ्चालन गरिएको हो”, उनले भनिन् । तालिममा पाएको प्रमाणपत्र घरमा मात्र राखेर यसको उपलब्धि नहुने भएकाले आर्थिक उपार्जनमा लाग्न उनले महिलाहरूलाई आग्रह गरिन् ।

तालिममा सहभागी (प्रशिक्षार्थी) अनुपा पाण्डेले तालिममा प्रशिक्षकले राम्रोसँग ज्ञान दिएको बताइन् ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १ : ३९ बजे

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा