१३ भदौ २०८३, शनिबार | August 29, 2026

हाइटीलाई हराउँदै मोरक्को नकआउट चरणमा



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक खेलमा मोरक्कोले हाइटीलाई ४-२ गोल अन्तरले पराजित गर्दै अन्तिम ३२ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ ।

बिहीबार बिहान सम्पन्न खेलमा हाइटीले दुई पटक अग्रता लिए पनि मोरक्कोले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण जित हात पारेको हो । लामो समयपछि विश्वकपमा फर्किएको क्यारेबियन राष्ट्र हाइटीले ऐतिहासिक अंक जोड्ने लक्ष्य राखे पनि अन्ततः सफल हुन सकेन ।

खेलको १० औँ मिनेटमा मोरक्कोका गोलरक्षक यासिन बोनोबाट आत्मघाती गोल भएपछि हाइटीले अप्रत्याशित अग्रता लिएको थियो । त्यसपछि ३९ औँ मिनेटमा अकराफ हाकिमीले गोल गर्दै मोरक्कोलाई १-१ को बराबरीमा ल्याए ।

खेलको ४३ औँ मिनेटमा विल्सन इसिडोरले गोल गर्दै हाइटीलाई पुनः २-१ को अग्रता दिलाए । तर पहिलो हाफको इन्जुरी समयमा इस्माइल साइबारीले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको थियो ।

दोस्रो हाफमा मोरक्कोका वैकल्पिक खेलाडीहरू निर्णायक बने । ७८औँ मिनेटमा सुफियाने राहिमीले गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाए भने ८९ औँ मिनेटमा जेसिम यासिनले अर्को गोल थप्दै ४-२ को जित सुनिश्चित गरे ।

यो जितसँगै मोरक्को समूह ‘सी’ बाट नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ भने हाइटीको विश्वकप यात्रामा थप चुनौती थपिएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ७ : ४३ बजे

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका