११ असार २०८३, बिहिबार | June 25, 2026

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिल शीर्ष स्थानमा रहँदै अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई ३-० ले पराजित गर्दै ब्राजिलले ७ अंकसहित समूह विजेता बन्न सफल भयो ।

ब्राजिलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे भने माथिउस कुन्हाले एक गोल थपे । भिनिसियसले खेलको सुरुआती चरणमै दुई गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए । दोस्रो हाफमा कुन्हाले गोल गरेपछि ब्राजिलले सहज जित सुनिश्चित गर्‍यो ।

ब्राजिलले समूह चरणमा एक खेल बराबरी र दुई खेलमा जित निकाल्दै ७ अंक जोड्यो । पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको ब्राजिलले त्यसपछि हाइटी र स्कटल्याण्डलाई पराजित गरेको थियो ।

यता, अर्को खेलमा मोरक्कोले हाइटीलाई ४-२ ले हराउँदै ५ अंकसहित समूहको उपविजेता बन्दै नकआउट चरणमा स्थान सुरक्षित गर्‍यो । निकै प्रतिस्पर्धात्मक खेलमा हाइटीले दुई पटक अग्रता लिए पनि मोरक्कोले उत्कृष्ट पुनरागमन गर्दै जित हात पार्यो ।

हाइटीका लियोन जोसेफ र विल्सन इसिडोरले गोल गरे पनि अकराफ हाकिमी, इस्माइल साइबारी, सुफियान राहिमी र जेसिन यासिनको गोलमा मोरक्को विजयी बन्यो ।

समूह ‘सी’ मा ब्राजिल ७ अंकसहित शीर्ष स्थानमा रहँदा मोरक्को ५ अंकसहित दोस्रो स्थानमा रह्यो । स्कटल्याण्ड ३ अंकसहित तेस्रो स्थानमा सीमित रह्यो भने तीनै खेल गुमाएको हाइटी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ७ : ४८ बजे

रास्वपा प्रथम महाधिवेशन : पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय